logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • मधेस प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

    मधेस प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

    4.8K
    Shares
    मधेस प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

    काठमाडौं । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम आज बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको आगामी आव २०७९÷८० को नीति तथा कार्यक्रम आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

    नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्यलगायतका कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ । शनिवार बसेको मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा बैठकमा प्रस्तुत हुने आगामी आव २०७९÷८० को नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो ।

    यस्तै मधेस प्रदेश सरकारले आगामी आगामी असार १ गते प्रदेशसभा बैठकमा आव २०७९÷८० को बजेट प्रस्तुत गर्ने र त्यसको तयारी भइरहेको प्रदेश सरकारको गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए । नीति तथा कार्यक्रम पश्चात प्रदेशसभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेशसभामा १०१ सदस्य छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend