सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

एकीकृत समाजवादीको बैठकमा मन्त्रीको हेरफेरको विषयमा छलफल, अध्‍यक्ष नेपालले निर्णय गर्ने

एकीकृत समाजवादीको बैठकमा मन्त्रीको हेरफेरको विषयमा छलफल, अध्‍यक्ष नेपालले निर्णय गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा संघीय सरकारमा सहभागी मन्त्रीहरुको हेरफेरको विषयमा छलफल भएको छ । आइतबार बसेको चिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको हेरफेर गर्ने वा नगर्नेबारे शीर्ष नेताहरुसँग छलफल गरेर अध्‍यक्ष माधव नेपालले निर्णय गर्ने एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए ।

‘हामी ६ महिनाका लागि भनेर मन्त्रीहरु पठाएका थियौं। ६ महिनाभन्दा बढी भइसक्‍यो। त्‍यसकारण उहाँहरुका बारेमा पनि समीक्षा गर्‍यौ।’ उनले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘शीर्ष नेताहरुको बीचमा समझदारी भएर उहाँहरु (खासगरी अध्‍यक्ष)ले उपर्युक्त ठानेमा निर्णय गर्नुहुन्छ।’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend