logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • वरिष्ठ अभिनेता सरोज खनालको निर्देशनमा पहिलो फिल्म बगान निर्माण हुने

    वरिष्ठ अभिनेता सरोज खनालको निर्देशनमा पहिलो फिल्म बगान निर्माण हुने

    8K
    Shares
    वरिष्ठ अभिनेता सरोज खनालको निर्देशनमा पहिलो फिल्म बगान निर्माण हुने

     

    काठमाडौं । वरिष्ठ अभिनेता सरोज खनालको निर्देशनमा नेपाली चलचित्र बगान निर्माण हुने भएको छ । वरिष्ठ अभिनेता खनालको निर्देशनमा बन्न लागेको पहिलो फिल्मको नाम आईतवार एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।

    साथै आज नै फिल्मको तिम्रो सुन्दर आँखा नामक गीत पनि सार्वजनिक भएको छ । अहिले छायाङ्कन भइरहेको फिल्मलाई सुरेश वाग्लेको सहकार्यमा खनाल आफैँले निर्माण गरेका हुन् । कार्यक्रममा बोल्दै माईती नेपालकी संस्थापक अध्यक्ष एवं समाजसेवी अनुराधा कोईरालाले बालिका र महिला हकहीतको बारेमा फिल्म बन्न लागेको अनुभुति भएको बताए । उनले फिल्ममा वरिष्ठ कलाकाहरु रहेकोले फिल्म राम्रो बन्नेमा विश्वस्त रहेको बताए । त्यस्तै अभिनेता, निर्देशक तथा निर्माता दिनेश डिसी दाहालले फिल्मको टिजरमा वास्तविक हुनुपर्ने कुरालाई देखाइएको बताए । उनले नेपाली फिल्महरुले टिजरमा अब के हुन्छ भन्ने कौतुहलता नउतारेको बेला यो फिल्मले उतारेको भन्दै प्रशंसा गरे । त्यस्तै नायक आकाश श्रेष्ठले चलचित्रको कथावस्तु उत्कृष्ट रहेको बताए । त्यस्तै नव नायिका प्रमिला कार्कीले यो फिल्म आफ्नो डेब्यु भएको र वरिष्ठ कलाकारहरुसँग अभिनय गर्न पाएकोमा खुशी व्यक्त गरे । त्यस्तै फिल्मका नवनिर्देशक एवं वरिष्ठ अभिनेता सरोज खनालले शुरुवातमा अभिनय गर्दा नर्भस भएजति नै फिल्म निर्देशनमा पाइला चाल्दा भइरहेको बताए । उनले आफूले फिल्ममा काम गर्दा सिकेका अनुभवलाई फिल्ममा नयाँ ढंगबाट निर्देशन गर्ने बताए ।

    फिल्ममा करिश्मा मानन्धर, निर शाह र प्रमिला कार्कीको मुख्य अभिनय रहनेछ । फिल्मलाई आउँदो वैशाखमा हलमा प्रदर्शन गर्ने निर्माण टिमको योजना छ । गौरीशंकर धुजूको छायाङ्कन रहेको फिल्ममा हरि लम्साल र सुवास भुसालको संगीत र शिव मुखियाको पाश्र्व संगीत छ । फिल्मका गीतमा भने सुगम पोखरेल, अस्मिता अधिकारी र वाणिका प्रधानले स्वर दिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend