logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • कुहिने र नकुहिने फोहोर नछुट्याए महानगरपालिकाले उठाउँदैन: मेयर बालेन

    कुहिने र नकुहिने फोहोर नछुट्याए महानगरपालिकाले उठाउँदैन: मेयर बालेन

    6.7K
    Shares

     

    काठमाडौं । काठमाडौं महानगरपालिकाले घर तथा कार्यालयबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोर सम्बन्धित व्यक्तिले नछुट्याए नउठाउने भएको छ । सोमाबार सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा बसेको सरोकारवाला निकायहरूको बैठकले फोहोर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्ने बाध्यकारी निर्णय गरेको हो ।

    ‘हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईले छुट्याइसकेको फोहोरलाई महानगरले पुनः एकैठाउँमा मिसाउने गल्ति गर्ने छैन भने तपाईले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफुले नछुट्याइ ल्याएको फोहोर कसैले मिसाउन पाउन छैन । यसको अर्थ हो, नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ । यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ’, मेयर बालेन शाहले उल्लेख गरेका छन् ।

    मेयर शाहले काठमाडौंको फोहोर उठ्ने विश्वास दिलाउँदै उनले फोहोरबाट उत्पन्न समस्याप्रति क्षमा मागेका छन् ।

    ‘समाधान तपाईहरूको साथबिना सम्भव हुदैन । यसैले हामी आग्रह गर्छौँ कि अब तपाईको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरु छुट्टिएर निस्किउन् । कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाण्डौँमा बाँच्न पाउँछौँ भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन’, शाहले लेखेका छन् । काठमाडौं माहानगरले विगतको गल्ति नदोहो¥याउने प्रतिबद्धता पनि उनले जनाएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend