मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो, कतिमा हुदैछ कारेबार ?

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो, कतिमा हुदैछ कारेबार ?

 

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर कायम भएको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै हिजो मंगलबारकै मूल्यमा सुन कारोबार भइरहेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ छ । यस्तै, आज तेजाबी सुनको मूल्य ९७ हजार रुपैयाँ छ । हिजो मंगलबार पनि यही मूल्यमा सुन कारोबार भएको महासंघले जनाएको छ ।

हिजो मंगलबार भने सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको थियो । सोमबार प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य हिजो घटेर कारोबारमा आएको थियो । आज सुनको मूल्य स्थिर रहेपनि चाँदीको मूल्य भने बढेको छ ।

आज प्रतितोला ५ रुपैयाँले चाँदीको मूल्य बढेर १२ सय ८० रुपैयाँ पुगेको छ । हिजो मंगलबार चाँदीको मूल्य तोलामा १२ सय ७५ रुपैयाँ थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend