आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

पन्जाबमा नौजनाको गोली हानी हत्या

पन्जाबमा नौजनाको गोली हानी हत्या

 

रासस/सिन्ह्वा । पाकिस्तानको पन्जाब प्रान्तमा अलग–अलग स्थानमा भएका गोली प्रहारमा परेर कम्तीमा पनि नौजनाको ज्यान गएको छ । गएको २४ घण्टायता भएका ती हमलाहरुमा नौजनाको हत्या भएको प्रहरीले जनाएको छ ।

अज्ञात समूहले बुधबार यहाँका विभिन्न स्थानमा अन्धाधुन्ध गोली प्रहार गरेको जनाइएको छ । पञ्जाब प्रान्तको शिखुपुरा जिल्लामा गोली हानेर चारजनाको हत्या गरिएको प्रहरीले जनाएको छ ।

सो स्थानमा बुधबार अपराह्न सवारीसाधनमै गोली हानेर चार यात्रुको हत्या गरिएको प्रहरीले जनाएको छ । सडकमै गोली प्रहार गरेर चारजनाको हत्या गरेको सो अज्ञात व्यक्ति भाग्न सफल भएको प्रहरीले जनाएको छ । प्रहरीले खोजी अभियानलाई जारी राखेको भए पनि बुधबार रातिसम्म पक्राउ गर्न सकेको छैन ।

यस्तै, पन्जाब राज्यको भवलपुर जिल्लामा पनि भ्यानमा यात्रा गरिरहेका यात्रुमाथि गोली चलाइएको थियो । त्यसमा परेर पाँचजना मारिएका थिए । सो घटनामा संलग्नको पनि प्रहरीले खोजी जारी राखेको बताएको छ । सडकमा गुडिरहेको भ्यानमा एक अज्ञात व्यक्तिले गोली हानेर भागेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend