आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

कांग्रेसका सभापति देउवालाई संयोजक पौडेलले बुझाए प्रतिवेदन

कांग्रेसका सभापति देउवालाई संयोजक पौडेलले बुझाए प्रतिवेदन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय तह निर्वाचन अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमिति संयोजक प्रदीप पौडेलले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका छन् । स्थानीय निर्वाचन २०७९ सम्बन्धी यो उपसमितिलाई दिइएको कार्यादेश अनुरुप तयार गरिएको प्रतिवेदन सभापति देउवालाई बुझाइएको हो ।

स्थानीय निर्वाचनको लागि नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले विभिन्न उपसमितिहरू बनाएको थियो । जसअनुसार अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले वडा तहसम्म निर्वाचनको गतिविधि र परिचालन के कसरी सञ्चालन भइरहेको छ र गठबन्धनमा रहेका दलहरू बिचको समन्वय कस्तो भइरहेको छ भन्ने विषयवस्तुको अध्ययन र विश्लेषण गरेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend