सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

सप्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु

सप्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु

 

सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिका–३ मधुवनमा चट्याङ लागेर बिहीबार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बोदे बर्साइन नगरपालिका–३ मधवन बस्ने ५६ वर्षीय रामजी यादव र सोही गाउँ बस्ने ८० वर्षीय सत्यनारायण यादव छन्।

दिउँसो गाईभैंसी चराउन खेतमा गएको बेला दुबै जनासँगै रहेको बेला चट्याङ लागेको सप्तरीको प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए।

चट्याङ लागेपछि उनीहरूलाई उपचारको लागि बोदे बर्साइन लाईफ लाइन केयर हस्पिटल प्रा.लि लग्ने क्रममा बाटोमै मृत्यु भएको हो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend