logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • एमालेले भन्दा दुई लाख बढी मत ल्याएको कांग्रेसको दाबी

    एमालेले भन्दा दुई लाख बढी मत ल्याएको कांग्रेसको दाबी

    5.2K
    Shares
    एमालेले भन्दा दुई लाख बढी मत ल्याएको कांग्रेसको दाबी

     

    काठमाडौँ । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले नेकपा एमालेले भन्दा झण्डै दुई लाख बढी मत ल्याएको दाबी गरेको छ। वडाअध्यक्षमा प्राप्त मतलाई आधार मानेर कांग्रेसले यस्तो निष्कर्ष निकालेको हो।

    कांग्रेस अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण उपसमिति संयोजक प्रदीप पौडेलका अनुसार कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले ३८ लाख ८३ हजार १३८ मत पाएका छन्।

    जुन नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारहरुले पाएको भन्दा १ लाख ७५ हजार ७६ मतले बढी भएको उपसमितिले बिहीबार बत्तिसपुतलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।

    स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस ३२९ स्थानमा विजयी भएको छ। वैशाख ३० मा सम्पन्न निर्वाचनमा कांग्रेस ७५२ मध्ये ३२९ स्थानीय तहको प्रमुख पदमा विजयी भएको छ।

    जसमध्ये कांग्रेस १८८ गाउँपालिका अध्यक्ष र १४१ नगर प्रमुखमा विजयी भएको हो। संयोजक पौडेलका अनुसार कांग्रेसले कुल स्थानको झण्डै ४४ प्रतिशत प्रमुख पदमा जित हात पारेको छ। प्रतिवेदनअनुसार ७५२ स्थानमध्ये उपप्रमुख पदमा कांग्रेस ३०० स्थानमा विजयी भएको छ।

    उपप्रमुख ११० र उपाध्यक्ष १९० गरी ३०० स्थानमा उपप्रमुख पदमा कांग्रेसका उम्मेदवार विजयी भएका संयोजक पौडेलले जानकारी दिए।
    उनले कार्यकारी पदमा १५ सय ४ मध्ये ६९२ स्थानमा कांग्रेसको उपस्थिति दर्ज भएको पनि बताए। जुन कुल स्थानको ४२ प्रतिशत हुन्छ।

    निर्वाचन हुन बाँकी बाजुराको बूढीगंगा नगरपालिका बाहेकको मतपरिणामअनुसार ७ हजार ६३३ वडामध्ये कांग्रेसले २ हजार ६६५ वडाध्यक्ष, २ हजार ६०६ महिला सदस्य, २ हजार ५५१ दलित महिला सदस्य र ५ हजार ३०७ खुला सदस्य विजयी भएका उपसमितिको प्रतिवेदनमा उल्लेख छ।

    प्रतिवेदनअनुसार कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले ३८ लाख ८३ हजार १३८ मत पाएका छन्। जुन नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारहरुले पाएको भन्दा १ लाख ७५ हजार ७६ मतले बढी भएको पनि प्रतिवेदनमा उल्लेख छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend