काठमाडौं । दक्षिण भारतीय फिल्मका प्रख्यात अभिनेता अल्लु अर्जुन विरुद्ध उजुरी परेको छ । एक विज्ञापनका माध्यमबाट गलत प्रचार गर्न खोजेको भनि उनी विरुद्ध उजुरी परेको हो ।
अहिले अल्लु एक शैक्षिक संस्थानले उत्पादन गरेको विज्ञापनमा अभिनय गरेपछि विवादमा मुछिएका छन् । सामाजिक कार्यकर्ता कोठा उपेन्द्र रेड्डीले एक संस्थानको विशेष विज्ञापनमा अल्लुको अनुहारको प्रयोग गरी भ्रामक प्रचार गरिएको भन्दै अल्लुलाई कारबाहीको माग गरेका छन् ।
उनले अल्लुविरुद्ध विज्ञापनमा अभिनय गर्नका लागि र चैतन्य शैक्षिक संस्थाविरुद्ध गलत सूचना दिएको भन्दै अम्बरपेट प्रहरीमा उजुरी दिएका हुन् । उनले आम मानिसलाई गलत सूचना दिएको भन्दै अल्लु र शैक्षिक संस्थानविरुद्ध मुद्दा चलाउनुपर्ने बताएका छन् ।
यसअघि अल्लु एक फूड डेलिभरी एपको मार्केटिङका लागि आलोचित भइसकेका छन् ।