logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • पहिलो स्टार म्युजिक अवार्ड समारोह : यी कलाकारले पाए अवार्ड

    पहिलो स्टार म्युजिक अवार्ड समारोह : यी कलाकारले पाए अवार्ड

    2.8K
    Shares

    काठमाडौं । स्टार म्युजिक अवार्ड २०७९ प्रदान गरिएको छ । शनिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी गायक राजु परियार, गायिका टिका पुन र लक्ष्मी न्यौपाने, बालकलाकार सान्वी खतिवडा लगायतका कलाकारलाई स्टार म्युजिक अवार्ड २०७९ प्रदान गरिएको हो ।

    नेपाली गीत, संगीतको विकास र श्रष्टाको सम्मानका लागि ग्रेट नटराज फिल्मस प्रा.लि. को आयोजनामा पहिलो स्टार म्युजिक भिडियो अवार्ड २०२२ आयोजना गरिएको हो । यो अवार्ड आधुनिक, पप, लोकदोहोरी, लोक, भाषाभाषी, राष्ट्रिय गीत जस्ता विभिन्न विधामा प्रदान गरिएको छ ।

    जसमा गायक, गायिका, संगीतकार, निर्देशक, गीतकार, छायाँकर, संगीत सम्पादकहरुलाई सम्मान गरिएको छ । यो अवार्ड पाउने बाल कलाकारमा जेनिसा अधिकारी, आयुष ढकाल, जेभिन श्रेष्ठ, आराध्य राज्यलक्ष्मी, र सान्वी खतिवडा छन् ।

    आधुनिकतर्फ सागर लम्साल, हरिष निरौला, रोहन नेपाली, सुधिर श्रेष्ठ, रमेशचन्द्र सोडारीले अवार्ड पाएका छन् ।
    त्यस्तै आधुनिक गीतमा रवि ओड, भीम बिसी, सम्राट चौलागाईं, प्रताप दास, सेर्केनीले अवार्ड पाएका छन् । त्यस्तै आधुनिक गीत महिला तर्फ सिर्जु अधिकारी, रचना रिमाल, रानी शाक्य, एलिना चौहान, अस्मिता अधिकारीले अवार्ड पाएका छन् ।

    त्यस्तै लोक दोहोरी नृत्यमा शंकर बिसी, प्रेम थापा, ओबी रायमाझी, सञ्जिव ठकुरी लोमश शर्माले अवार्ड पाएका छन् भने महिला तर्फ अञ्जली अधिकारी, करिष्मा ढकाल, आरुषी मगर, गीता ढुंगाना र रुबीना अधिकारीले अवार्ड पाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend