शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

भारतमा ८ हजार ५८२ संक्रमित थपिए, ४३५ जना निको

भारतमा ८ हजार ५८२ संक्रमित थपिए, ४३५ जना निको

 

नयाँ दिल्ली । भारतमा शनिवार मध्यराति अर्थात् २४ घण्टाको समयावधिमा आठ हजार ५८२ कोरोना संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

हाल भारतमा सक्रिय संक्रमितको सङ्ख्या ४४ हजार ५१३ रहेका छन् । यो कुल संक्रमितको ०.०६ प्रतिशत भएको जनाइएको छ ।

शनिवार मध्यरातिसम्म अर्थात् २४ घण्टाको समयावधिमा चार हजार ४३५ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड ३० लाख भन्दा बढी पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७१ प्रतिशत रहेको छ ।

कोरोना महामारीको कारण भारतमा पाँच लाख २४ हजार ७५७ जना पुगेका छन् । भारतमा कोरोना शुरु भएदेखि हालसम्म कुल ८५ करोड ४५ लाख भन्दा बढी व्यक्तिको परीक्षण भएको छ ।

भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९५ करोड ७ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend