logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवाले अमेरिका भम्रणबारेमा संसद, समिति र नागरिकलाई जानकारी दिनुपर्छ: माधव नेपाल

    प्रधानमन्त्री देउवाले अमेरिका भम्रणबारेमा संसद, समिति र नागरिकलाई जानकारी दिनुपर्छ: माधव नेपाल

    4.3K
    Shares
    प्रधानमन्त्री देउवाले अमेरिका भम्रणबारेमा संसद, समिति र नागरिकलाई जानकारी दिनुपर्छ: माधव नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भम्रणबारेमा संसद, समिति र नागरिकलाई जानकारी दिनुपर्ने बताएका छन् । सोमवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा धेरै प्रश्नहरु उठेको भन्दै प्रधानमन्त्रीले संसद, समिति र देशलाई जानकारी दिनुपर्ने बताएका हुन् ।

    उनले भ्रमणमा देशलाई उचित हुने भन्दा बाहेक अन्य कुनै पनि गतिविधिहरु सरकारले गर्न नहुने बताए । अध्यक्ष नेपालले असंग्लन परराष्ट्र नीतिबाट सरकार अविचलित भएर अगाडि बढ्न नहुने बताए । उनले परराष्ट्र नीतिको विषयमा कुनैपनि किसिमको दबाब र धम्की स्वीकार्य नहुने बताए । अध्यक्ष नेपालले सरकारका परराष्ट्र मन्त्री अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा छलफलमा वर्तमान सरकारको अन्तर्राष्ट्रिय नीतिको विषयमा जानकारी गराउनु उपस्थिति जनाउनुपर्ने बताए । उनले पहिलोपटक नेपालमा विदेशी सेना रहेको सुनेको पनि बताए । अध्यक्ष नेपालले विदेशी सेना नेपालमा आएर बस्नु गम्भिर विषय रहेको भन्दै समितिमा सरकारको ध्यानाकर्षण गर्न माग गरे ।

    उनले भने, नेपालले कुनै पक्षमा नलाग्ने असंग्लन परराष्ट्र नीति लाएका छौं । त्यो नीतिमा सरकार अविचलित रुपमा अगाडि बढ्नुपर्छ । सरकारले आफ्नो नीतिका विषयमा सबैलाई स्पष्ट रुपमा राख्नुपर्छ । यो मामिलामा कुनै किसिमको दबाब,धम्की हामीलाई स्वीकार्य हुन सक्दैन । परराष्ट्र नीति कस्तो बनाउने र कसरी अगाडि लैजाने विषयमा राष्ट्रप्रति माया गर्ने राष्ट्रिय शक्तिहरुको बीचमा नै छलफल गर्ने आवश्यकता पर्छ । अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा छलफल गर्दा परराष्ट्र मन्त्री समितिको बैंठकमा आउनुपर्ने हो । किन आउनुभएन । उहाँले वर्तमान सरकारको परराष्ट्र नीति, कार्यान्वयनका सन्र्दभमा धारणा सुन्नुपर्ने थियो । समितिका धेरै कुराहरु उठेका छन् । त्यसले आंशकित बनाएको छ । विदेशी सेना नेपालमा छन् । मैले भर्खरै पहिलो चोटी सुनेँ । त्यो हो भने गम्भिर कुरा हो । कहाँ छन् । कुन कुन देशका छन् । कुन क्याम्पमा राखिएको छ । त्यसमा बारेमा समितिको ध्यान जानुपर्छ । सरकारको ध्यानाकर्षण गराउनुपर्छ । हाम्रो वैदेशीक ऋण साहयता लिने कुराहरुमा धेरै क्रुटीहरु छन् । यसको पनि परिर्वतन गर्नपाए हुने थियो । प्रधानमन्त्री अमेरिका भम्रणको कुराहरु आएका छन् । भम्रणका विषयमा संसद, समिति र देशले जानकारी पाउनुपर्छ । भ्रमणमा कुनैपनि अन उचित कामहरु हुनुहुर्दैन ।’

    अध्यक्ष नेपालले सरकारले लिने वैदेशीक ऋणका प्रावधानहरुमा धेरै क्रुटीहरु रहेको भन्दै परिर्वतन गर्नुपर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend