logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • मेयर बालेन शाहले भने – गाली र आलोचना नै सुन्ने भए आफ्नै महानगरबासीको सुन्छु

    मेयर बालेन शाहले भने – गाली र आलोचना नै सुन्ने भए आफ्नै महानगरबासीको सुन्छु

    8.1K
    Shares
    मेयर बालेन शाहले भने – गाली र आलोचना नै सुन्ने भए आफ्नै महानगरबासीको सुन्छु

     

    काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले गाली र आलोचना नै सुन्ने भए आफ्नै महानगरबासीको सुन्ने स्पष्टीकरण दिएका छन् । हेटौंडामा आयोजित स्थानीय सरकारको बैठक छोडेकोबारे मेयर बालेन शाहले यस्तो स्पष्टीकरण दिएका हुन् ।

    बैठक तीन दिनको लागि आयोजना गरिएको थियो। तर मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल एकदिन मात्र बैठकमा सहभागी भएर फर्किएका छन्।

    ‘मलाई व्यक्तिगत रूपमा आलोचना वा गाली गर्न पाइयो तर काठमाडौं र काठमाडौंबासीसँग सम्बन्धित नै नभएको कार्यक्रममा काठमाडौंलाई गाली गर्न किन समय र ऊर्जा खर्चिनेरु मेरो प्रश्न यति हो,’ बालेनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘काठमाडौं केबल राजधानीमात्रै होइन, अझ बागमती प्रदेशको लागि त एउटा पालिका मात्रै हो तर काठमाडौं कसैको जन्मभूमि, कसैको कर्मभूमि हो। गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने ठाउँरकार्यक्रममा बस्ने औचित्य नदेखेर मैले हिजोको कार्यक्रम छोडेको हुँ।’

    उनले काठमाडौं राजधानीमात्र नभई कसैको जन्मभूमि र कर्मभूमि समेत भएको बताए। बालेनले गाली र आलोचना नै सुन्ने भए आफ्नै महानगरमा आफ्नै महानगरबासीहरूको सुन्ने वा सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रमहरूमा सुन्ने बताएका छन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend