logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमालेको अवरोधपछि संसद बैठक स्थगित

    एमालेको अवरोधपछि संसद बैठक स्थगित

    8.2K
    Shares
    एमालेको अवरोधपछि संसद बैठक स्थगित

     

    काठमाडौं । एमालेको अवरोध पछि संसद बैठक स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफलमा जवाफ दिनेक्रममा एमालेले विरोध गरेको हो ।

    विनियोजन विधेयकमाथिको छलफल का बाँकी प्रक्रिया बुधबारको बैठकमा जारी रहने सभामुख सापकोटाले जानकारी दिए । मंगलबारको बैठकमा नेकपा एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग थियो ।

    एमालेले बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले करका दर हेरफेर गर्न अमुक मान्छे पठाएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ । समिति गठन नभएसम्म संसदको अवरोध कायम रहने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend