logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा पार्टीको स्थानीय तह निर्वाचनसम्बन्धि समिक्षा

    एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा पार्टीको स्थानीय तह निर्वाचनसम्बन्धि समिक्षा

    4.8K
    Shares
    एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा पार्टीको स्थानीय तह निर्वाचनसम्बन्धि समिक्षा

    काठमाडौं । नेकपा (एकीकृत (समाजवादी)को स्थायी कमिटी बैठकमा पार्टीको स्थानीय तह निर्वाचनसम्बन्धि समिक्षा प्रतिवेदनमाथि छलफल सुरु भएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय तिनकुनमा बसेको पार्टी स्थायी कमिटी बैठकमा पार्टीको केन्द्रिय सचिवालयले तयार पारेको स्थानीय तह निर्वाचनको समिक्षासम्बन्धि प्रतिवेदनमाथि छलफल सुरु भएको हो ।

    सचिवालयको तर्फबाट प्रस्तुत सो समिक्षा प्रतिवेदनमाथि बैठकमा छलफल सुरु गरिएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । उनले प्रतिवेदनमा नेताहरुले आ–आफ्नो धारणा राखेको र त्यसबाट शिक्षा लिएर कसरी अघि बढने भन्ने विषयमा छलफल जारी रहेको समेत बताए । खनालका अनुसार प्रतिवेदनमा पाँच दलीय गठबन्धन सम्मानजनक नभएकाले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको निष्कर्ष निकालिएको छ । सम्मानित नेता खनालले भने, ‘स्थानीय तह निर्वाचनको सम्बन्धमा समिक्षा बैठक हो यो । समिक्षा सम्बन्धि एउटा प्रतिवेदन तयार भएको छ । यसमा सबैले आ–आफ्नो कुरा राख्नु भएको छ । छलफल हुँदैछ । र, यो समिक्षाको सन्दर्भमा वास्तवमा पाँच दलको बीचमा जुन ढंगले गठबन्धन हुनुपर्ने थियो, त्यो ढंगले भएन । सम्मानजनक भएन । त्यसले गर्दाखेरी आउनुपर्ने परिणाम पनि आएन । कुरा त्यो हो । तर, त्यसबाट के शिक्षा लिने भन्ने बारेमा अझै छलफल गर्दैछौं । त्यो क्रम जारी छ ।’

    बैठक भोली (बुधबार) पनि जारी रहने र निर्वाचनको समिक्षाबारे पार्टीको ठोस धारणा सार्वजनिक हुने नेकपा (एकीकत समाजवादी)ले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend