मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

घट्यो सुनको मूल्य, तोलाको कति ?

घट्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले घटेर रु ९६ हजार ५०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार १०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ६०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २४५ कायम रहेको महासङ्घले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend