logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाल स्वास्थ्यका लागि डा.कोइरालालाई गणपति वनस्पतिको एक करोड एघार लाख सहयोग

    बाल स्वास्थ्यका लागि डा.कोइरालालाई गणपति वनस्पतिको एक करोड एघार लाख सहयोग

    4.6K
    Shares
    बाल स्वास्थ्यका लागि डा.कोइरालालाई गणपति वनस्पतिको एक करोड एघार लाख सहयोग

    काठमाडौं । गणपति वनस्पति प्रा.ली ले बालबालिकाको गुणस्तरिय उपचारका लागि एक करोड सहयोग गर्ने भएको छ । कम्पनीले डा.भगवान कोइरालाको नेतृत्वमा स्थापित ‘काठमाडौं ईन्स्टिच्युट अफ चाईल्ड हेल्थ’ को लागि एक करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँ हस्तान्तरण गरेको हो ।
    वनस्पति प्रा.लि ले संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत जेठ ३० गते डा. कोइरालालाई सो रकम बराबरको चेक हस्तान्तरण गरिएको हो ।

    अस्पतालका अध्यक्ष डा.भगवान कोइराला, लक्की ग्रुपका अध्यक्ष सतिश कुमार मोर, उपाध्यक्ष श्रवण कुमार मोर तथा राज कुमार मोर, म्यानेजिङ डाइरेक्टर अमित मोर, तथा डाइरेक्टरहरु श्रीमती अनन्ता मोर र राजिब मोरको उपस्थितिमा उक्त चेक हस्तान्तरण गरीयो ।

    स्वर्गीय मुरलीधर अग्रवालका सन्ततीद्धारा प्रवर्तीत विभिन्न उद्योग, व्यापार व्यवसाय, बैकिंङ, बिमा, पुर्वाधार विकास लगायतका कम्पनीहरुको नेतृत्व गर्ने गरी लक्की ग्रुपको स्थापना भएको थियो । यहि ग्रुप अन्तर्गतको एक उद्योग गणपती वनस्पती प्रा.ली. हो ।

    गणपती वनस्पती प्रा.ली विगत २५ वर्षदेखि संचालनमा रहि देशको अर्थतन्त्रमा टेवा पर्याउदै आएको कम्पनी हो । कम्पनीले संचालनको विभिन्न काल खण्डमा स्वदेश तथा विदेशमा विपद व्यवस्थापन, वैज्ञानिक आविस्कार, विद्यालय, धार्मिक मठ मन्दिर, बाढी पहिरो पिडीत, बिपन्नको उपचार, भौतिक पुर्वाधारको लागि सहयोग गर्दै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend