logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • दुई–तीन लाखमै टेकुको फोहोरबाट विद्युत उत्पादन प्लान्ट बनाउन सकिन्छ: मेयर बालेन

    दुई–तीन लाखमै टेकुको फोहोरबाट विद्युत उत्पादन प्लान्ट बनाउन सकिन्छ: मेयर बालेन

    6.7K
    Shares
    दुई–तीन लाखमै टेकुको फोहोरबाट विद्युत उत्पादन प्लान्ट बनाउन सकिन्छ: मेयर बालेन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले टेकुमा रहेको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मत गर्न सकिने बताएका छन् । बुधबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो प्लान्ट मर्मत गर्न सकिने बताएका हुन्। उनले सो काम दुई–तीन लाख खर्चेर सम्पन्न गर्न सकिने बताए ।

    ‘हाम्रो टेकुमा रहेको विद्युत उत्पादन गर्ने प्लान्ट छ। त्यो बनाउन सकिँदो रहेछ। करोडौं लाग्दैन दुई–तीन लाख खर्चेर विद्युत उत्पादन गर्न सकिन्छ,’ उनले भने।

    काठमाडौं महानगरपालिकाले बुधबार बिहानदेखि ब्रुमरले बाटो सफा गर्ने काम सुरू गरेको छ। ब्रुमरको सानो पाइपमात्रै बिग्रिए पनि थन्काएर राखेको भन्दै मर्मत गरी चलाउने थालिएको उनले बताए।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend