
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको हित बिपरित कुनै पनि सम्झौतामा हस्ताक्षर नहुने प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट पारेको बताएका छन् । बुधबार पार्टी कार्यालय तीनकुनेमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष नेपालले बुधबार बिहान माओवादी अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र आफूबीच भएको छलफलमा प्रधानमन्त्री देउवाले मुलुकको हित बिपरित कुनै पनि सम्झौता नगर्ने बताएको जानकारी दिए।
नेपालको हितमा आघात पुग्ने वा कुनै रणनीतिक महत्वको कुनै पनि कुरामा हस्ताक्षर गर्ने काम आफूबाट नहुने र अरुदेशले चासो राखेर कसैले भनेपनि आफूले नमान्ने प्रधानमन्त्रीको स्पष्ट धारणा रहेको अध्यक्ष नेपालले बताए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend