logo

२०८१ कार्तिक २९ बिहिबार

logo
  • बिहिबार, २९ कार्तिक २०८१
  • बञ्चरेडाँडामा फोहोर विसर्जन गर्ने गरी काम अघि बढिसकेको छ: मन्त्री झाँक्री

    बञ्चरेडाँडामा फोहोर विसर्जन गर्ने गरी काम अघि बढिसकेको छ: मन्त्री झाँक्री

    2.4K
    Shares
    बञ्चरेडाँडामा फोहोर विसर्जन गर्ने गरी काम अघि बढिसकेको छ: मन्त्री झाँक्री

     

    काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्ने गरी काम अघि बढिसकेको बताएकी छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै झाँक्रीले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्ने गरी काम अघि बढेको बताएकी हुन् ।

    मन्त्री झाक्रीले २ वर्षका लागि बनाइएको सिसडोल ल्याण्डफिल साइटमा १७ वर्ष फोहोर फालेको बताइन् । उनले थोरै समयका लागि बनाइएको ल्याण्डफिल साइटमा वर्षौसम्म निरन्तर फोहोर विसर्जन गरिएको बताइन् ।

    ‘सिसडोलमा २ वर्षका लागि ल्याण्डफिल साइट बनाइएको थियो । त्याहाँ १७ वर्ष फोहोर खसाइयो,’ मन्त्री झाँक्रीले भनिन्, ‘यसको विकल्पमा बञ्चरेडाँडामा स्थायी ल्याण्डफिल बनाउने भनेर काम भइरहेपनि अघि बढ्न सकेन ।’ स्थानीयको विरोधले स्थानीय तहका जनतासँग सम्झौता गरेर बञ्चरेडाँडाको काम अघि बढाइएको उनले बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend