logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेकपा विभाजनले विश्वलाई वामपन्थी मोडल दिने अवसर गुम्यो: घनश्याम भुसाल

    नेकपा विभाजनले विश्वलाई वामपन्थी मोडल दिने अवसर गुम्यो: घनश्याम भुसाल

    4.7K
    Shares
    नेकपा विभाजनले विश्वलाई वामपन्थी मोडल दिने अवसर गुम्यो: घनश्याम भुसाल

     

    काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले तत्कालिन एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजनले नेपालको लोकतान्त्रिक स्थिरताको बाटो समाप्त गरिदिएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘कम्युनिस्ट आन्दोलन, संकट र अबको बाटो’ विषयक अन्तरक्रियामा नेता भुसालले नेकपा विभाजनले विश्वलाई वामपन्थी मोडल दिने अवसर पनि गुमेको बताए ।

    ‘नेकपा विभाजनले लोकतान्त्रिक स्थिरताको बाटो समाप्त पारिदियो । अर्को वामपन्थी मोडल दिने अवसर पनि गुमायौ’, नेता भुसालको भनाइ छ । उनले नेकपा विभाजन हुनुमा नेकपा बनाउन दुई नेताले गरेको सहमतिलाई बुझ्नु पर्ने बताए । उनले तीनै दुई नेताको गोप्य सम्झौतामा कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेको पनि बताए ।

    फरक प्रशंगमा भुसालले राजनीतिमा युवाहरुको वितृष्णा जाग्नुमा प्रमुख राजनीतिक दलका नेता र उनीहरुको कार्यशैली जिम्मेवार रहेको पनि बताए । ‘राजनीतिप्रतिको असन्तुष्टि र आक्रोश आउछ तर लामो समय रहँदैन’, भुसालको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend