logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • मेयर बालेन शाहले पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै पत्रकार महासंघको आपत्ति

    मेयर बालेन शाहले पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै पत्रकार महासंघको आपत्ति

    6.4K
    Shares
    मेयर बालेन शाहले पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै पत्रकार महासंघको आपत्ति

     

    काठमाडौं । नेपाल पत्रकार महासंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिमालय टेलिभिजनका पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ । आज (बुधबार) दिउँसो टेकुस्थित वातावरण विभाग पुगेका टेलिभिजनका पत्रकारद्वय प्रिन्स मिश्र र अष्भिट लामालाई साहले बुम र क्यामेरा देख्नेवित्तिकै दुर्व्यवहार गर्दै खिचिएका सामग्रीसमेत मेटाउन लगाएको महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    महानगरपालिकाले डम्पिङ साइडबाट सञ्चालन गर्ने ग्यास प्लान्ट र फोहोरको अवस्थाबारे समाचार संकलनका लागि पत्रकारद्वय त्यहाँ पुगेका थिए ।

    स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई महानगरपालिकाका प्रमुखजस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको महासंघले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend