logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एसपीपी कार्यान्वयन भए नेपाल अमेरिकी सेनाको अखडा बन्छ: भीम रावल

    एसपीपी कार्यान्वयन भए नेपाल अमेरिकी सेनाको अखडा बन्छ: भीम रावल

    4.5K
    Shares
    एसपीपी कार्यान्वयन भए नेपाल अमेरिकी सेनाको अखडा बन्छ: भीम रावल

     

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राज्य साझेदारी कार्यक्रम स्टेट पाटर्नससिप प्रोग्राम (एसपीपी) कार्यान्वयन भए नेपाल अमेरिकी सेनाको अखडा बन्ने दाबी गरेका छन् । बिहीबार काठमाडौमा भएको पूर्व सुरक्षाकर्मी सुरक्षा परिषदको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    रावलले भने, ‘यदि त्यो दिशामा गयो भने नेपाल अमेरिकी सेनाको अखडा हुन्छ । नेपालको संविधान मिचिन्छ । नेपालको स्वतन्त्र परराष्ट्र नीति ध्वस्त हुन्छ र नेपाल आजको प्रतिस्पर्धी विश्वमा एशिया प्रशान्त क्षेत्रको भुमरीमा फस्छ ।’

    नेता रावलले एसपीपी सम्झौताले नेपालको अस्मिता र अस्तित्वमा नै खतरा पैदा हुने भन्दै राष्ट्रवादी नेपाली जनता सचेत हुन जरुरी रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend