मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

सातामा प्रतितोला १०० ले बढ्यो सुनको मूल्य

सातामा प्रतितोला १०० ले बढ्यो सुनको मूल्य

 

काठमाडौं । यो साता सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो सातामा सुनको कारोबार मूल्य १०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार गत साताको शुक्रबार ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ९७ हजार ८०० रुपैयाँ कायम भएको छ ।

साताको पहिलो दिन आइतबार सुनको मूल्यमा भारी वृद्धि देखिएको थियो । उक्त दिन प्रतितोला १५ सय रुपैयाँले बढेको थियो । यस्तै, सोमबार ३०० रुपैयाँले घटेको थियो भने मंगलबार तोलामा १८ सय रुपैयाँले घटेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend