काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरको शैक्षिक क्षेत्रको विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल शिक्षक संघ, ललितपुरको कार्यक्रममा बोल्दै मेयर महर्जनले अघिल्लो कार्यकालमा आफूले गल्ती नगरेकै कारण यहाँले जनताका आफूलाई पुनः निर्वाचित गरेको उल्लेख गर्दै अव झनै गतिशील भएर काम गर्ने बताए ।
उनले ललितपुर जिल्ला शैक्षिक हर्वको रुपमा रहेको उल्लेख गर्दै त्यहाँको सामूदायिक विद्यालयको पनि शैक्षिक गतिविधिलाई उन्नत बनाउन आफूले विज्ञहरुसँग परामर्श गरेर काम गरिरहेको बताए ।