logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अमेरिकी राष्ट्रपति बाइडेन साइकलबाट लडेपछि…

    अमेरिकी राष्ट्रपति बाइडेन साइकलबाट लडेपछि…

    4.2K
    Shares
    अमेरिकी राष्ट्रपति बाइडेन साइकलबाट लडेपछि…

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान डेलावेयर राज्यमा आफ्नो समुद्र तटको घर नजिकै साइकल चलाउँदै गर्दा लडेका छन् । तर, उनलाई कुनै चोटपटक नलागेको बताइन्छ । ह्वाइट हाउसको टिमको तर्फबाट सार्वजनिक भएको एउटा भिडियोमा ७९ वर्षीय राष्ट्रपति लडेपछि तत्काल उठेका देख्न सकिन्छ । त्यसपछि उनले भने, ‘म राम्रो छु ।’

    उनी प्रथम महिला जिल बाइडेनसँग डेलावेयरको रेहोबोथ तटमा रहेको घर नजिकैको स्टेट पार्कमा साइकल चलाइरहेका थिए । साइकलबाट लडेपछि दर्शकहरूसँग कुरा गर्न रोकिएका थिए । साइकलको क्लिपबाट खुट्टा तान्न खोज्दा आफूले सन्तुलन गुमाएको राष्ट्रपतिले शुभचिन्तक र पत्रकारहरूको सानो भीडलाई बताए ।

    उनलाई ठूलो चोट नलागेको र औषधिउपचार आवश्यक नभएको ह्वाइटहाउसका एक अधिकारीले बताए । ‘राष्ट्रपति आफ्नो परिवारसँग बाँकी दिन बिताउन तत्पर हुनुहुन्छ’, ती अधिकारीले भने ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend