काठमाडौं । सुन–चाँदीको मूल्यमा गिरावट आएको छ। आइतबार सुन तोलामा ३ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य ३ सय रुपैयाँले घटेर तोलाको ९७ हजार ५०० रुपैयाँमा पुगेको छ। तेजाबी सुन प्रतितोला ९७ हजार कायम गरिएको महासंघले जनाएको छ।
गत साताको अन्तिम कारोबार दिन सुनको मूल्य ५ सयले बढेर प्रतितोला ९७ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।
यस्तै सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदीको मूल्य १० रुपैयाँले सस्तिएर तोलाको १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ।