
काठमाडौं । नेकपा एमालेकी राष्ट्रियसभा सदस्य तुलसाकुमारी दाहालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको खर्च कटौतिको प्रस्ताव राष्ट्रियसभामा पेश गरेकी छन् ।
सोमबार राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शिर्षक माथिको छलफलमा भाग लिँदै राष्ट्रियसभा सदस्य दाहालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लैंगिक हिंसा निवारण तथा मानव अधिकार नियन्त्रण तथा रोकथामका लागि सरकारले उपयुक्त र प्रभावकारी कार्यक्रम नल्याएको भन्दै उक्त शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी हुन् ।
‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विरोध स्वरुप खर्च कटौतिको प्रस्ताव राखेको छु । लैगिक हिंसा निवारण तथा मानव अधिकार नियन्त्रण तथा रोकथामका लागि सरकारले उपयुक्त र प्रभावकारी कार्यक्रम नल्याएको हुँदा यस शिर्षकको खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस् भन्न चाहन्छु । बजेट सन्तुलित र न्यायोचित छैन ।’ उनले भनिन् ।
उनले सरकारले ल्याएको आगामी आर्थिंक वर्षको बजेट सन्तुलित र न्यायोचित नभएको समेत दावी गरिन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend