logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • युक्रेनको युद्ध वाअन्तर्राष्ट्रिय कारण देखाएर यता महंगीले जनता मार्न पाइँदैन: माधव नेपाल

    युक्रेनको युद्ध वाअन्तर्राष्ट्रिय कारण देखाएर यता महंगीले जनता मार्न पाइँदैन: माधव नेपाल

    5K
    Shares
    युक्रेनको युद्ध वाअन्तर्राष्ट्रिय कारण देखाएर यता महंगीले जनता मार्न पाइँदैन: माधव नेपाल

    काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनता अत्यधिक महंगीको मारमा परेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । पेट्रोलियम पदार्थ लगायत वस्तुमा भइरहेको अस्वाभाविक मूल्यवृद्धिलाई लिएर उनले असन्तुष्टि जाहेर गरेका हुन् ।

    युक्रेनको युद्ध वा अन्य अन्तर्राष्ट्रिय कारण देखाएर मुलुकमा जनताको जीनस्तर मर्कामा पर्नेगरी मूल्यवृद्धि गर्न नहुने उनको भनाइ छ ।

    आज नयाँ बानेश्वरमा पत्रकारहरुसँग विशेष कुराकानी गर्दै नेता नेपालले पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्य वृद्धिले जनतालाई कस्तो असर गर्छ भन्नेबारे सरकार गम्भीर नभएको बताए । उनले आइतबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्दा पनि आफूले मूल्य वृद्धिबारे कुरा उठाएको जानकारी दिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend