logo

२०८१ असार ४ मंगलबार

logo
  • मंगलबार, ४ असार २०८१
  • सरकार प्रतिपक्षसँग संवादहिनताको अवस्थामा छ: केपी ओली

    सरकार प्रतिपक्षसँग संवादहिनताको अवस्थामा छ: केपी ओली

    5.4K
    Shares
    सरकार प्रतिपक्षसँग संवादहिनताको अवस्थामा छ: केपी ओली

     

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रतिपक्षसँग संवादहिनताको अवस्थामा रहेको बताएका छन् । अध्यक्ष ओलीले २०४६ सालको परिवर्तनपछि शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहिनताको अवस्थामा पु¥याएको दावी समेत गरे ।

    मंगलबार पूर्वराजदुतहरुको समूहले काठमाडौंमा आयोजना गरेको नेपालको परराष्ट्र मामिलाबारेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले विदेश भ्रमण गर्दा समेत कुनै परामर्श नगर्ने, सबै कुरा गोप्य राख्ने र प्रतिपक्षका विरुद्ध जाने खालका डेमोक्रेसीमा हुँदै नहुने गतिविधिहरुमा सरकार संलग्न भईरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । राष्ट्र र राष्ट्रियताको सवालमा, लोकतन्त्रको सवालमा कम्तीमा पनि दलहरुबीच राष्ट्रिय सहमतीका साथ अघि बढनुपर्ने अवस्थामा सरकारले त्यसो नगरीरहेको अध्यक्ष ओलीको भनाई थियो । अध्यक्ष ओलीले प्रधानमन्त्री अन्तराष्ट्रिय मञ्चहरुमा जाँदा, अन्य देशको भ्रमणमा जाँदा विगतमा प्रतिपक्षसँग, विज्ञहरुसँग छलफल हुने गरेको उल्लेख गर्दै वर्तमान सरकारले भने त्यो काम पनि गर्न नचाहेको आरोप लगाए ।

    उनले भने, ‘यो सरकार बनेपछि सिम्पली भन्ने हो भने संवाद छैन । २०४६ साल पछि यस्तो संवादहिनता कुनै पनि विषयमा प्रतिपक्ष त कन्सिच्यूसन्नली प्रतिपक्ष हो नि । यो सँग कुनै परामर्श पनि नगर्ने र सबै कुरा गोप्य राखिने र प्रतिपक्षका विरुद्ध जाने खालका कुराहरु यस्तो डेमेक्रेसीमा हुँदैन । यो संवादहिनताको स्थिति अरु धेरै कुराहरु म भन्न चाहन्न । त्यसकारण तपाईहरुले जे कुरा उठाउनु भएको छ । त्यसमा खाली शब्दमा मात्रै होईन सहमती । यसको रुटकस कहाँनिर हो ? सहमती किन बनिराखेको छैन ? किन संवाद भईराखेको छैन ? जस्तो प्रधानमन्त्री बाहिर जानुभन्दा अगाडि त प्रतिपक्षसँग त परामर्श हुन्थ्यो नै । त्यो त अनिवार्य नै कुरा हो । प्रतिपक्ष भनेको एउटा बैकल्पिक सरकार हो । सरकारमा जानका लागि तयारी शक्ति हो भनेर मानिन्छ । त्योसँग त परामर्श गर्नु पर्छ नै । साथसाथै विज्ञहरुसँग परामर्श गर्ने हाम्रो चलन थियो । हामी जहिले पनि प्रधानमन्त्री बाहिर जान्छ भने यूएनमा जानुभन्दा अगाडि, अरु त्यस्तो फोरमहरुमा जानुभन्दा अगाडि अथवा कुनै देशको भ्रमण गर्नु भन्दा अगाडि किन जाँदैछ ? त्यहाँ गएर के गर्छ ? भन्ने कुरामा छलफल गरिन्थ्यो र कसरी जाऊ, केके गरौं भनेर परामर्श गरिन्थ्यो । यसो भएको छैन यो एउटा अलि गम्भिर कुरा हो । तर यो मेरो डिमान्ड होइन । नगरी चलाउनु हुन्छ भने चलाउनुस्न । लोकतन्त्रमा, प्रजातन्त्रमा सहमतीको नयाँ डेफिनेशन गर्नु हुन्छ भने ठिक छ ।’

    अध्यक्ष ओलीले सरकारले प्रतिपक्षसँग कुनै परामर्श नगरेकोमा आफ्नो गुनासो भने नरहेको बताए । लोकतन्त्रमा, प्रजातन्त्रमा सहमतीको नयाँ डेफिनेशन गर्नु हुन्छ भने प्रतिपक्षसँग परामर्श नगरी सरकार चलाए हुने उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend