logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • रुस युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ: मन्त्री बडू

    रुस युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ: मन्त्री बडू

    5.7K
    Shares
    रुस युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ: मन्त्री बडू

     

    काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले रुस–युक्रेन युद्धका कारणले पेट्रोलियम पदार्थको मूल्य बढिरहेको जानकारी दिएका छन् । आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै मन्त्री बडूले पछिल्लो समय प्राप्त मूल्यसूची बढेर आइरहेको बताए ।

    तर, मूल्य बढेर आएपनि नेपाल आयल निगमले आफू घाटामा रहेर बिक्री गरिरहेको छ । ‘मुलुकभरि सबैभन्दा बढी पेट्रोलको खपत बढी हुन्छ,’ मन्त्री बडूले भने, ‘पछिल्लो दुई महिनामै उपत्यकामा १ लाखभन्दा बढी लिटर पेट्रोल खपत बढेको छ ।’

    अन्तर्राष्ट्रिय बजारबाट पेट्रोलको मूल्य बढेर आउँदा बढाउने र घटेर आउँदा घटाउने गरिरहेको मन्त्री बडूले बताए । पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको १० रुपैयाँ पूर्वाधार कर हटाइएको मन्त्री बडूको भनाइ छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend