logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रधानमन्त्रीसंग एसपीपी अघि बढाउने कार्यमा संलग्नहरुको नामावली संसदलाई जानकारी गराउन रावलको माग

    प्रधानमन्त्रीसंग एसपीपी अघि बढाउने कार्यमा संलग्नहरुको नामावली संसदलाई जानकारी गराउन रावलको माग

    4.6K
    Shares
    प्रधानमन्त्रीसंग एसपीपी अघि बढाउने कार्यमा संलग्नहरुको नामावली संसदलाई जानकारी गराउन रावलको माग

     

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्वउपप्रधानमन्त्री डा. भीमबहादुर रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने कार्यमा संलग्नहरुको नामावली संसदलाई जानकारी गराउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । सत्तापक्षका सांसदहरुले आफ्ना पार्टीका अध्यक्ष केपी ओलीलाई पनि सो घटनामा मुछेको उल्लेख गर्दै नेता रावलले तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई अमेरिकी राजदुतलाई पत्र पठाउन निर्देशन दिने तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, सो प्रक्रियालाई अघि बढाउन निर्देशन दिने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल कसले राष्ट्रघात गरेका हुन ? त्यसबारे संसदलाई जानकारी गराउन प्रधानमन्त्री देउवासँग माग गरेका हुन् । त्यस अवसरमा उनले सो प्रोग्रामबारे संसद र संसदीय समितिलाई यथार्थ जानकारी यस अघि नदिएर प्रधानमन्त्री देउवाले संवैधानिक व्यवस्थाको ठाडो उलंघन गरेको आरोप समेत लगाए ।

    मन्त्रीपरिषद बैठकबाट सो प्रोग्राम अघि नबढाउने निर्णय गरेकोमा भने नेता रावलले सरकारलाई धन्यवाद दिए । खासगरी आफ्नो पार्टी एमालेले दवाव दिएपछि सरकार सो प्रोग्राम अघि नबढाउन बाध्य भएको उनको जिकीर थियो ।

    नेता रावलले परराष्ट्र नीति नेपालको राष्ट्रिय हितलाई सर्वोपरी राखेर अघि बढाउन पनि सरकारलाई सचेत गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend