logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • बलात्कारको विषयलाई वर्गिकरण गरेर हेर्नुपर्छ: झपट रावल

    बलात्कारको विषयलाई वर्गिकरण गरेर हेर्नुपर्छ: झपट रावल

    5.5K
    Shares
    बलात्कारको विषयलाई वर्गिकरण गरेर हेर्नुपर्छ: झपट रावल

    काठमाडौं । नेकपा(एमाले)का सांसद झपट रावलले बलात्कारको विषयलाई वर्गिकरण गरेर हेर्नुपर्ने बताए । उनले विभिन्न उमेर समुह र प्रकृति अनुसार बलात्कारको घटनालाई वर्गिकरण गर्दै सोही अनुरुपको कानूनी व्यवस्था गर्नुपर्ने बताए ।

    उनले भने– ‘बलात्कार साबित भयो भने बलात्कारीको लिङ्ग छेदन गर्दापनि हुन्छ । कतिपय के छ भन्दा तिन, चार वर्ष सँगै बसेका छन्, कुरा नमिल्दा वलात्कार मुद्धा लगाएका छन् । यसलाई पनि हामीले बर्गिकरण गर्नुपर्छ । नाबालकको हकमा हुने बलात्कारको सम्बन्धमा एउटा गर्नुपर्छ । नाबालक भित्रपनि समान उमेरका सम्बन्धमा एउटा गर्नुपर्छ । र उमेर पुगेकाहरुका हकमा, जेष्ठ नागरिकको हकमा एउटा गर्नुपर्छ । यसलाई समग्र यौनसँग जोडिएका, यौनबाट प्रताडित भएका जो उमेर समुहहरु छ यसका समग्र पक्षलाई समेट्नेगरी कानून बनाउनुपर्छ । यदि हामीले महिला मात्रै भन्ने हो भनेदेखि यो पर्याप्त हुँदैन । यसले के बोल्छ त भने महिलाभन्दा बाहेक केही पनि देखिदैन । के नेपाली समाज भित्र महिला मात्रै छन् ? हो, संख्यात्मक हिसाबले के देखाउँछ भने महिलाहरु संख्यात्मक हिसाबले बढि पीडित हुनुुहुन्छ । तर यति मात्रैमा केन्द्रीत रहेर हामीले कानून बनायौँ भनेदेखि पछि फेरी पुरुषपनि बलात्कृत भयो भनेर हामीले फेरी कानून बनाउने हो त ? नेपालमा लिङ्ग भनेको महिला र पुरुष मात्रै हो ? यसले जम्मा महिलाभन्दा बाहेक केही भन्दैन यो परिच्छेदले । के नेपालमा महिलामात्रै वलात्कृत भएका छन् ? यसले करणी सम्बन्धि कसुर परिच्छेद १८ को सम्पूर्ण । महिलाको सट्टा व्यक्ति, बालिकाको ठाउँमा बालबालिकाहरु राख्नुप¥यो । अहिले थुप्रै नाबालकहरु यौन हिंसामा परेका छन् । यौन हिंसाको शिकार बालक हुन्छन् कि हुँदैनन् ? बालिका मात्रै हुन्छन् ? त्यसैले यसले छलफलको माग ग¥यो ।’

    उनले यौन हिंसाको घटनामा बालिकाहरु मात्रै नभइ बालकहरु पनि पीडित हुने भन्दै पीडित बालकहरुलाई समेत सम्बोधन हुनेगरी कानून बन्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend