मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

रुस र युक्रेनको युद्धका कारण देखाउँदै सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्न हुदैन: झलनाथ खनाल

रुस र युक्रेनको युद्धका कारण देखाउँदै सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्न हुदैन: झलनाथ खनाल

 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले रुस र युक्रेनको युद्धका कारण देखाउँदै सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको बिरुद्धमा आफ्नो पार्टी रहेको बताए । उनले नेकपा (एकीकृत समाजावादी) मूल्यवृद्धिको पक्षमा नरहेको भन्दै सरकारले अविलम्व मूल्यवृद्धिका बारेमा हेरफेर गर्नुपर्ने बताए । सम्मानित नेता खनालले सरकारले कुनै बहाना नबनाइ जनतालाई राहत दिनुपर्ने बताए ।

उनले भने, ‘मूल्यवृद्धिले जनताको ढाड सेक्छ, हामीले यसकोबिरुद्धमा आवाज उठाउनु पर्छ । नेकपा एकीकृत समाजावादी यो मूल्यवृद्धिका पक्षमा छैन । अविलम्व सरकारले यो मूल्यवृद्धिका बारेमा हेरफेर गर्नुपर्छ । जनतालाई सहुलियत दिनुपर्छ ।’

सम्मानित नेता खनालले नेपालको सीमा अंकित गर्ने कुरामा आवाज उठाउनुपर्ने आवश्यक्ता रहेको बताए । उनले फोहोरको समस्या समाधानका लागि अविलम्व आवाज उठाउनुपर्ने र आम जनताले निर्वाचन लड्नसक्ने अवस्था बनाउन आवश्यक रहेको पनि बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend