
काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा एक जना महिला मृत फेला परेकी छन् । बुढानीलकण्ठ नगरपालिका–३ की ४१ वर्षीया फूलमाया सुनार मृत भेटिएकी हुन् । नगरपालिकाकै वडानम्बर–८ स्थित भंगालस्थित निर्माणाधीन घरमा उनको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
भित्री वस्त्र समेत च्यातिएको अवस्थामा बुधबार घरको भुइँतलामा उनको शव भेटिएको हो । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
हत्या आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend