logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • पछिल्लो २४ घण्टामा ४९ जनामा संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा ४९ जनामा संक्रमण पुष्टि

    3.9K
    Shares
    पछिल्लो २४ घण्टामा ४९ जनामा संक्रमण पुष्टि

     

    काठमाडौं । नेपालमा फेरि कोरोना संक्रमित बढ्न थालेका छन् । भारतमा कोरोना संक्रमित बढ्दै गएको बेला त्यसको प्रभाव नेपालमा पनि देखिन थालेको छ । पछिल्लो २४ घण्टामा २४९४ जनामा कोरोना परीक्षण हुँदा ४९ जनामा संक्रमण पुष्टि भएको छ। अघिल्लो दिन जम्मा ३१ जनामा संक्रमण पुष्टि भएको थियो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारको परीक्षणअनुसार संक्रमणदर १।९६ प्रतिशत रहेको छ । अघिल्लो दिन त्यस्तो संक्रमणदर १।२७ प्रतिशत रहेको थियो । अघिल्लो सातासम्म कोरोना संक्रमणदर ०।५ प्रतिशतमा सीमित थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १२ जना रहेको छ भने हाल सक्रिय संक्रमित १६३ जना रहेका छन् ।

    हाल देशभर जम्मा पोजेटिभ केस पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७९ हजार ४५७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ४० हजार ४०९ जनामा देखिएको छ । तीमध्ये हालसम्म ९ लाख ६७ हजार ३४२ जना निको भएका छन् । हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाको मृत्यु भएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend