logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • कमिसनको खेलमा मन्त्री झाँक्रीले परिक्षा अघिनै प्रश्नपत्र आउट गरेको खुलासा

    कमिसनको खेलमा मन्त्री झाँक्रीले परिक्षा अघिनै प्रश्नपत्र आउट गरेको खुलासा

    5.9K
    Shares
    कमिसनको खेलमा मन्त्री झाँक्रीले परिक्षा अघिनै प्रश्नपत्र आउट गरेको खुलासा

    काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरीले बिहिबारको प्रतिनिधिसभाको बैठकमा विषेश समयमा बोल्दै शहरी विकास मन्त्रालय र मन्त्री रामकुमारी झाँक्रीमाथि गम्भिर आरोप लगाएकी छन् ।

    केही दिन अघि मन्त्री झाँक्रीले आरोप लगाउनका लागि मात्रै नबोल्न भन्दै प्रतिनिधिसभा भवनबाट प्रमाण सहित प्रस्तुत हुन चुनौति दिएकी थिईन् । बिहिबार एमाले सांसद चौधरीले मन्त्री झाँक्रीले कमिसनको खेलमा लिप्त भएर टेण्डरको परिक्षा अगावै प्रश्नपत्र आउट गरेको भनि संसदमा आवाज उठाएकी छन् ।

    मन्त्री झाँक्रीले ५८ करोडको पीएमएसपी र ३० करोडको युडिएसटिको प्रश्नपत्र परिक्षा अगावै आउट गरेको चौधरीले खुलासा गरेकी हुन् । ‘मन्त्री ज्युले जुन प्रमाण माग्नु भएको थियो त्यो प्रमाण मैले आज बोकेर आएकी छु । ५८ करोडको पीएमएसपी र ३० करोडको युडिएसटिको प्रश्नपत्र परिक्षा अगावै कसरी आउट भयो ?’ उनले प्रश्न गरिन ।

    सो प्रश्नपत्र सुनौलो नेपाललाई प्राप्त भएको छ । जुन प्रश्नपत्र परिक्षा अगावै शहरी विकास मन्त्रालयले नै कमिशनको खेलमा आउट गरेको सांसद चौधरीको आरोप छ ।

    चौधरीले मन्त्री झाँक्री कमिसनको खेलमा नीतिगत भ्रष्टाचार गरेको समेत आरोप लगाईन् ।

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend