logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • अहिले नेपालको व्यापार घाटा कहालीलाग्दो अवस्थामा छ: अध्यक्ष मल्ल

    अहिले नेपालको व्यापार घाटा कहालीलाग्दो अवस्थामा छ: अध्यक्ष मल्ल

    4.2K
    Shares
    अहिले नेपालको व्यापार घाटा कहालीलाग्दो अवस्थामा छ: अध्यक्ष मल्ल

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारको डबल डिजिटमा आर्थिक वृद्धि गर्ने लक्ष्य बैंकको ब्याजदर सिङ्गल डिजिटमा नभएसम्म सम्भव नभएको बताए । उनले अहिले सरकारले आर्थिक वृद्धिदर डबल डिजिटमा गर्ने भनिएपनि बैंकको ब्याजदर पनि डबल डिजिटमा रहेको बताए । अध्यक्ष मल्लले नेपाली उत्पादकत्व बढाउनको लागि उद्योगहरुलाई सरकारले नै असहयोग गरिरहेको आरोप लगाए ।

    उादे भने,‘ अहिले नेपालको व्यापार घाटा कहालीलाग्दो रहेको छ । पछिल्लो ११ महिनामा १५ खर्ब ७६ अर्बको व्यापार घाटा रहेको छ । सरकारको अहिलेको बजेट भन्दापनि बढी व्यापार घाटा छ । त्यसको लागि मुलुकभित्र नै उत्पादन बढाएर आयातलाई व्यवस्थापन गरी निर्यातलाई बढाउनुपर्छ । त्यस्तो हुन नसके मुलुक आर्थिक शंकटमा पर्नसक्छ । नेपालको उत्पादन बढाउनको लागि सरकारबाट उद्योगहरुलाई सहयोग नभएको अवस्था छ । अहिले अर्थ मन्त्रालय ,योजना आयोग र राष्ट्र बैंकको समन्वय मिलेको अवस्था छैन । समन्वय गरेर उद्योगीहरुलाई बैंकको ब्याजमा परेको मर्कालाई कल्हम लगाउन ब्याजदर कम गर्नुपर्छ । सरकारको लक्ष्य डबल डिजिटमा आर्थिक वृद्धि गर्नेछ तर जबसम्म बैंकको ब्याजदर डबल डिजिट हुन्छ । आर्थिक वृद्धिदरको डबल वृद्धिदर हुन सक्दैन । डबल डिजिटको आर्थिक वृद्धिको लागि सिङ्गल डिजिटमा ब्याजदरमा झार्नु पर्छ ।’

    अध्यक्ष मल्लले पछिल्लो समय मुलुकको व्यापार घाटा कहालीलाग्दो अवस्थामा रहेको बताए । उनले सरकारको बजेट भन्दा बढी व्यापार घाटा रहेकाले उत्पादन बढाएर निर्यातमा जोड नदिए मुलुक आर्थिक शंकटमा पुग्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend