logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त

    चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त

    4.1K
    Shares
    चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त

     

    काठमाडौं । चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई चीनका लागि राजदूत नियुक्त गरेकी हुन्।

    राष्ट्रपतिबाट मन्त्रिपरिषद्को सिफारिशमा श्रेष्ठलाई राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्याल्यका प्रवक्ता सागर आचार्यले जनाएका छन्।

    राष्ट्रपति कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा श्री विष्णुपुकार श्रेष्ठलाई जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend