logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • माधव नेपालले मन्त्रीहरूलाई भने- पार्टीको निर्णय कार्यान्वयन गर्नुहोस्

    माधव नेपालले मन्त्रीहरूलाई भने- पार्टीको निर्णय कार्यान्वयन गर्नुहोस्

    5.3K
    Shares
    माधव नेपालले मन्त्रीहरूलाई भने- पार्टीको निर्णय कार्यान्वयन गर्नुहोस्

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्न आफ्ना मन्त्रीहरूलाई आग्रह गरेका छन्। शुक्रबार बसेको पोलिटब्यूरो बैठक अध्यक्ष नेपालले मन्त्री फेरबदल गर्ने निर्णय कार्यान्वयन गर्न एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई आग्रह गरेका हुन्। अध्यक्ष नेपालले भने, “पार्टीको निर्णय आफै कार्यान्वयन गर्नुहोस्।”

    सरकारमा सहभागी एकीकृत समाजवादीका मन्त्री सहित १० सांसदले मन्त्री फेरबदल गर्ने निर्णयमा असहमति जनाएका थिए। उनीहरूले अध्यक्ष नेपाललाई पत्र पनि पठाएका थिए।

    पोलिटब्यूरो बैठकमा भने अध्यक्ष नेपालले मन्त्रीहरू पार्टीको निर्णय कार्यान्वयन गर्न सम्झाएको उपमहासचिव जगन्नाथ खतिवडाले बताए। “पार्टीको निर्णय कार्यान्वयन हुन्छ। आज र भोलिसम्म कार्यान्वयन हुन्छ,” खतिवडाले अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै भने, “पार्टीको निर्णय कार्यान्वयनका लागि मन्त्रीहरूलाई सम्झाउन भएको छ।”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend