logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • इटहरी उपमहानगरपालिकाको बजेट २ अर्ब १८ करोड

    इटहरी उपमहानगरपालिकाको बजेट २ अर्ब १८ करोड

    4.3K
    Shares
    इटहरी उपमहानगरपालिकाको बजेट २ अर्ब १८ करोड

     

    सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब १८ करोड ६ लाख १० हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरीले नगरसभामा उक्त बजेटको विवरण प्रस्तुत गरेकी हुन् ।

    चालु आर्थिक वर्षका लागि इटहरी उपमहानगरपालिकाले २ अर्व १७ करोड ४५ लाख आय हुने अनुमान गरेको थियो । तर, उक्त बजेटको संशोधित अनुमान २ अर्ब ५ लाख ९३ हजार १३८ रुपैयाँ छ ।

    आगामी आर्थिक वर्षका लागि पेस गरेको बजेटको स्रोत भने संघीय समानीकरण अनुदान ३४ करोड ९७ लाख, संघीय सशर्त अनुदान ४६ करोड ७७ लाख, संघीय समपूरक अनुदान ४ करोड ५० लाख, संघीय विशेष अनुदान ९ करोड छ । यस्तै प्रदेश समानीकरण अनुदान १ करोड ९९ लाख ६० हजार, प्रदेश सशर्त अनुदान २ करोड ९५ लाख ५२ हजार, प्रदेश समपूरक अनुदान १ करोड, संघीय राजस्व बाँडफाँट १८ करोड ३७ लाख २ हजार, प्रदेश राजश्व बाँडफाँड (सवारी कर) २ करोड ९ लाख २० हजार, प्रदेश राजस्व बाँडफाँट मालपोत रजिष्ट्रेशन ३२ करोड बजेटको स्रोतका रुपमा उल्लेख छ ।

    आन्तरिक स्रोतबाट ३६ करोड ५ लाख, नगद मौज्दात परिवर्तनबाट २७ करोड ९८ लाख ९८ हजार र आसमान नेपालको साझेदारी रकम ३७ लाख ७८ हजार पनि बजेटको स्रोत हुने अनुमान छ ।

    बजेटमा शिक्षा, युवा तथा खेलकुदमा ५ करोड ५ लाख, कृषि विकासतर्फ २ करोड, पशुपंक्षी विकासका लागि २ करोड, सामाजिक विकासका लागि ३ करोड, वन वातावरण तथा सरसफाईका लागि १ करोड, विपद व्यवस्थापन तथा नदी नियन्त्रणका लागि २ करोड र सूचना तथा संचारका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै सहरी विकास कार्यक्रमका लागि २५ लाख बजेट विनियोजन गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend