logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमालेसँग सहकार्य गर्ने मुडमा एस, अघि सार्यो दुई सर्त

    एमालेसँग सहकार्य गर्ने मुडमा एस, अघि सार्यो दुई सर्त

    6.8K
    Shares
    एमालेसँग सहकार्य गर्ने मुडमा एस, अघि सार्यो दुई सर्त

    काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले आगामी आम निर्वाचनमा गठबन्धनका लागि गठबन्धनबाहिर छलफल खुला राखेको बताएको छ। यससँगै उसले एमालेसँगको वार्ताका लागि दुई सर्त अघि सारेको छ। दस महिनाअघि एमालेबाट विभाजन भएको सो पार्टीले आफूहरूको अस्तित्व स्वीकार गर्नुपर्ने र संसद् विघटन बारेमा छलफल गर्न तयार हुनुपर्ने सर्त अघि सारेको हो।

    शनिबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले हालको पाँच दलीय गठबन्धनलाई उच्च प्राथमिकता राख्ने तर कसैको शरणमा नपर्ने निर्णय गरेसँगै एमालेसँगको सहकार्य वा गठबन्धनका लागि यी दुई सर्त अघि सारेको हो। पार्टीका सम्मानित नेता झलनाथ खनालले पाँच दलीय गठबन्धनको मात्रै भर गर्न नहुने र एमालेसँग पनि सहकार्यको ढोका खुला गर्नुपर्ने धारण राखेका थिए। एमालेसँग सहकार्य हुनसक्छ तर त्यसका लागि दुई सर्त छन्, पहिलो पार्टीको अस्तित्व स्वीकार गर्नुपर्छ, दोस्रो संसद् विघटनका विषयमा छलफल गर्न तयार हुनुपर्छ, पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने । केन्द्रीय कमिटीको बैठकमा नेता खनालले एमाले अध्यक्ष केपी शर्माको घमन्डका कारण दुईपटक संसद् विघटन भएको बताउँदै संसद् विघटनबारे खुला छलफल गर्न तयार हुनुपर्ने बताएका थिए। आजको नागरिक दैनिकमा समाचार छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend