सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

एमसीसीको १२ बुँदे व्याख्या र एसपीपी सम्झौता मैले खारेज गरे: अध्यक्ष प्रचण्ड

एमसीसीको १२ बुँदे व्याख्या र एसपीपी सम्झौता मैले खारेज गरे: अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको १२ बुँदे व्याख्या र एसपीपी सम्झौता खारेज आफुले गरेको बताएका छन् । उनले नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार ललितपुरको जावलाखेलमा आयोजना गरेको ‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा बोल्दै दुई विवादित अमेरिकी सम्झौता आफ्नो नेतृत्वमा रोक्न सफल भएको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले अहिले पनि यो संविधान र संघीयता नै खारेज गर्न पाए हुन्थ्यो भन्ने तत्वहरु सक्रिय भइरहेको बताएका छन् । आफूभन्दा पहिले बोलेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालतिर लक्षित गर्दै उनले अमेरिकी सहायता सम्झौता एमसीसीमाथिको १२ बुँदे व्याख्या आफ्नो नेतृत्वमा सम्भव भएको पनि बताए।

दाहालले उक्त १२ बुँदे व्याख्यालाई अमेरिकाले स्वीकारेर एमसीसी कार्यान्वयनमा गइसकेको बताएका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend