logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • नवनियुक्त मन्त्रीलाई प्रशिक्षण दिँदै माधवले भने- नराम्रो सुन्न नपरोस्, पार्टीलाई दाग लाग्ने काम नगर्नुहोला

    नवनियुक्त मन्त्रीलाई प्रशिक्षण दिँदै माधवले भने- नराम्रो सुन्न नपरोस्, पार्टीलाई दाग लाग्ने काम नगर्नुहोला

    3K
    Shares

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नवनियुक्त आफ्ना मन्त्रीलाई प्रशिक्षण दिएर पठाएका छन् । पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा नवनियुक्त मन्त्रीहरुलाई बोलाएर उनले विवादित काम नगर्न निर्देशन दिएका छन् ।

    विहान १० बजेतिर नेपालले सहरी मन्त्री मेटमणि चौधरी, पर्यटन मन्त्री जीवनराज श्रेष्ठ, श्रम मन्त्री शेरबहादुर कुँवर, स्वास्थ्यमन्त्री भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई बोलाएर प्रशिक्षण दिएका हुन् ।

    ‘पार्टीबाट मन्त्री हुनुभएको छ । पार्टीको इज्जत राखेर काम गर्नुहोला । कतै नराम्रो काम गरेको सुन्न नपरोस्, पार्टीलाई कतै दाग लाग्ने काम नगर्नुहोला’ नेपालको भनाई उदृत गर्दै प्रशिक्षणमा सहभागी स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले भने, ‘विवादित काम नगर्नुहोला बदनाम गर्ने काम नगर्नुहोला । हामी नयाँ पार्टी भर्खरै निर्माण गरेका छौ । पार्टीको शीर उचो हुने काम गर्नुहोला ।’

    पार्टीका मन्त्रीहरु कतै आर्थिक लेनदेनमा मुछिएको खबर सुन्न नपर्नेगरी जनताको पक्षमा काम गर्न नेपालले निर्देशन दिए । देश र जनताको पक्षमा काम गर्ने मन्त्रीलाई पार्टीले सधै साथ दिने नेपालको भनाई थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend