logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बालिकाको उपचारमा आर्थिक समस्या भएपछि रामचन्द्र पौडेलले गरे सहयोग

    बालिकाको उपचारमा आर्थिक समस्या भएपछि रामचन्द्र पौडेलले गरे सहयोग

    3.7K
    Shares
    बालिकाको उपचारमा आर्थिक समस्या भएपछि रामचन्द्र पौडेलले गरे सहयोग

    तनहुँ | तनहुँको व्यास नगरपालिका-११ शेरा निवासी चार वर्षीया बालिका युविना थापा मगरको उपचारका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आर्थिक सहयोग गरेका छन् । बुल्दीखोलाले बगाएर पाठेघरमा काठको टुक्रा पसेपछि उपचाररत बालिकाको सहयोगार्थ पौडेलले आज १० हजार आर्थिक सहयोग गरेका हुन् ।

    पोखरास्थित फिस्टेल अस्पतालमा उपचार गराइरहेकी बालिकाको शल्यक्रियाका लागि आर्थिक अभाव भएको जानकारी पाएपछि पौडेलले उक्त रकम पठाएका हुन् । सोही वडाको वसन्त आधारभूत विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत थापालाई खोलाले बगाउँदा असार २ गते पाठेघरमा काठको टुक्रा पसेको थियो ।

    बालिकाको शल्यक्रियाका लागि आर्थिक अभाव भएपछि परिवारले सहयोगको अपिल गरेको छ । बालिकाको उपचारारार्थ आमा छुनुमाया थापाको नाममा एनएमबी बैंक लेकसाइड शाखामा खाता खोलिएको छ । सहयोग गर्न चाहनेले १४९०१८८२८५००००१९ खाता नम्बरमा सहयोग गर्न आग्रह गरिएको छ । -रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend