logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • पहिरोका कारण सिस्नेरी सडकखण्ड बिहानैदेखि अवरुद्ध

    पहिरोका कारण सिस्नेरी सडकखण्ड बिहानैदेखि अवरुद्ध

    5K
    Shares
    पहिरोका कारण सिस्नेरी सडकखण्ड बिहानैदेखि अवरुद्ध

     

    हेटौंडा । वर्षासँगै आएको पहिरोका कारण हेटौंडाबाट सङ्घीय राजधानी जोड्ने सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । यस्तै हेटौंडाबाट काठमाडौँ जोड्ने कान्ति लोकपथ पनि वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध छ । ललितपुरको भट्टेडाँडा गारोखोलामा आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध बनेको इलालका प्रहरी कार्यालय ठिङ्गनले जनाएको छ ।

    इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङस्थित गए राति आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए । उक्त स्थानमा हाल पानी परिरहेका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको छ । पानी रोकिएपश्चात पहिरो हटाइ यातायात सञ्चालनमा ल्याइने उनले बताए । कुलेखानी–फाखेल सडकखण्ड र त्रिभुवन राजपथ भने सञ्चालनमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend