logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीले अष्ट्रेलिया भ्रमण गर्ने

    नेपाली राष्ट्रिय क्रिकेट टोलीले अष्ट्रेलिया भ्रमण गर्ने

    9.7K
    Shares
    नेपाली राष्ट्रिय क्रिकेट टोलीले अष्ट्रेलिया भ्रमण गर्ने

     

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगमी सेप्टेम्बरमा अष्ट्रेलिया भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का जनरल म्यानेजर (महाप्रबन्धक) वृतान्त खनालले आगमी सेप्टेम्बरमा नेपालले अष्ट्रेलिया भ्रमण गर्ने जानकारी दिएका छन् ।

    नेपालले अष्ट्रेलियामा कुन टोलीसँग खेल्ने त्यो भने पक्का भएको छैन । वृतान्तको अनुसार नेपालले त्यहाँ क्लब टोलीसँग खेल्ने सम्भावना छ । ‘अष्ट्रेलिया भ्रमणको बारेमा तयारी सुरु भएको हो । अष्ट्रेलिया भ्रमण हुन्छ । तर कुन टोलीसँग खेल्ने र सेप्टेम्बरमा कहिले खेल्ने अहिले नै भन्न सकिदैन’, खनालले हाम्रो खेलकुदसँग भने ।

    “यसको मुख्य कारण नेपालमा बर्खा लागेको भएको हुँदा यहाँ खेल गर्न सकिदैन । अफ सिजनमा पनि अष्ट्रेलियासँग खेल गर्न सकिने हुँदा त्यहाँ खेल राखिएको हो”, उनले भने ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend