सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

बाँकेमा चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते

बाँकेमा चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते

 

नेपालगन्ज । बाँकेमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका-३ नारायणपुरका नरेश थारुका ६ वर्षीय छोरा अभिषेक थारुको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

मंगलबार नजिकैको जंगलमा बाख्रा चराउन गएका अभिषेक बेलुका ६ बजेतिर चट्याङ लागेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

भेरी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । यस्तै, अभिषेकसँगै रहेका सोही ठाउँका २२ बर्षीय युवक ईश्वरी ओली पनि चट्याङ लागेर घाइते भएका छन् ।

प्रहरीका अनुसार ओलीको राप्तीसोनारी अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend