शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

रुस–युक्रेन युद्धको असर मुलुकको अर्थतन्त्रमा परेको छ, मिलेर सामना गरौं : गभर्नर अधिकारी

रुस–युक्रेन युद्धको असर मुलुकको अर्थतन्त्रमा परेको छ, मिलेर सामना गरौं : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको असरले मुलुकको अर्थतन्त्रमा चुनौती थपेको बताए ।

बुधवार नेपाल चार्टड एकाउण्टेन्ट्स संघको नव निर्वाचित कार्यसमितिको शपथ कार्यक्रममा गभर्नर अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको विश्वभर परेको असरले नेपाल समेत प्रभावित भएर अर्थतन्त्रमा नयाँ चुनौती थपिएको बताएका हुन् ।

गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा शंकट देखापरेको भन्दै त्यसको प्रभावले पछिल्लो समय वस्तुको मूल्यवृद्धिमा चाप परेको बताए । अहिले मूल्यवृद्धिको चाप विश्वले भोग्नुपरेको
उनको भनाई छ ।

उनले मुलुकको अर्थतन्त्र सुधार गर्न सबैले मिलेर काम गर्न पनि आग्रह गरे । गभर्नर अधिकारीले चार्टड एकाउण्टेन्ट्सहरुले दिने भुमिका मौद्रिक नीतिमा महत्वपूर्ण हुने गरेको
बताए ।

‘चार्टर्ड एकाउन्टेन्सहरु मुलुकको महत्वपूर्ण जनशक्ति हो राज्यको लागि, मुलुकको अर्थतन्त्रको लागि यसमा खुसी हुनुपर्छ । सबैले प्रत्येक्ष तथा अप्रत्येक्ष रुपमा देशको लागि काम गरिरहेका छौं । चार्टर्ड एकाउण्टेन्ट्सहरुले दिने भुमिका मौद्रिक नीतिमा महत्वपूर्ण हुने गरेको छ ।’ उनले भने ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend